-दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २५ असोज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज, ईलाका प्रहरी कार्यालय,छप्कैया तथा बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ०९:३० बजेको समयमा बीरगञ्ज महानगरपालिका वडा नं. ०१, स्थित सुकुम्बासी टोलको बिभिन्न घर र खेत बाट भन्सार छली चोरीपैठारी गरी ल्याएको लाखौं मूल्य बराबरको जुत्ता र कपडाहरु भण्डारण गरी राखेको अवस्था बाट छापा मारी बरामद गरेको छ ।
उक्त दिन प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्ज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा ८३ जना, ईलाका प्रहरी कार्यालय छपकैया बाट प्रहरी बरिष्ठ नायब निरिक्षक मदन बहादुर मल्लको कमाण्डमा २० जना र बीरगञ्ज भन्सार कार्यालय बाट नायव सुब्बा गोबिन्द कडेलको २ जना गरि १ सय ५ जनाको संयुक्त टोलीले मूल्य रु. ५ लाख ९३ हजार २सय ९५ बराबरको उल्लेखित सामानहरु नियन्त्रणमा लिई दिउँसो ०४:३० बजेको समयमा आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ ।








