बीरगंज महानगरपालिका ले पनि मनायो २१ औं राष्ट्रिय धान दिवस-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ असार । राष्ट्रिय धान दिवस को उपलक्ष्यमा बिरगंज महानगर पालिका उप प्रमुख इम्तियाज आलम ले धान रोपेर कार्यक्रम को उद्घाटन गर्नु भएको थियो । भने स्थानीय कृषक तथा कर्मचारी युवा युवतिहरु हर्सोहुलास का साथ धान दिवस मनाई रहेका छन ।

बिरगंज महानगरपालिका अन्तर्गत रहेको कृषि तथा पशुपन्क्षि व्यवसाय प्रबर्द्धन शाखा द्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस मनाई रहेको छ । धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ हर्सोहुलास धान रोपने कार्यक्रम मनाई रहेको छ ।

उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप प्रमुख एवम् कृषि तथा पशुपन्क्षी व्यवसय प्रबर्द्धन का संयोजक इम्तियाज आलम रहनु भएको थियो ।भने कार्यक्रम मा उत्कृष्ट कृषक हरु लाई इम्तियाज आलम ले प्रमान पत्र दिएर समान गनु भएको थियो ।

आफ्नो मन्तव्य क्रम मा बोल्दै हाम्रो देश नेपाल कृषि प्रधान देश हो । धान दिवस कृषकहरु को उत्साह को पर्व हो । कृषक हरु ले हर्सो हुलास का सथा यो पर्व लाई देशभरि मनाउने गर्दछन । आज मलाई गर्वमहसुस भैरहेको छ कि म पनि धान रोपेर यो पर्व लाई धुमधाम का साथ मनाई रहेको छु ।

आज यो रोपाई देखेर मलाई मेरो बालयकाल को सम्झाना आइरहेको छ । बालयकाल मा म पनि बुवा संग खेत मा गयेर हिलो खेल्थे र धान रोपने गर्थे मेरो खेत मा धान रोपनेहरु ले गित गाउथिन र एक आपस मा मजाक गर्थिन र खेत रोपथिन आज पनि सम्झना छ मलाई खेत रोपेर गित गाउदै घर मा आउथिन र खाने कुरा आमा ले दिइने गर्थिन धेरै रमाईलो हुन्थ्यो । म पनि किसान कै छोरा हो भनु भयो ।

उक्त धान दिवस वडा २७ का वडा अध्यक्ष हृदयनारायण कुर्मी को अध्यक्षतामा आयोजना गरिएको थियो । भने सो कार्यक्रम मा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, त्यस्तै विभिन्न शाखा प्रमुखहरु हरि शंकर राउत कुर्मी, रुपनारायण कुर्मी, प्रतिज्ञा बैध, सुनिल राम कुमार कुशवाहा, रोशनी यादव लगायत स्थानीय वासीहरुको सहभागीता रहेको को कु बिरगंज महानगरपालिका का उप प्रमुख को प्रेस सल्लाहकार महमद सदाब ले बताउनु भएको छ ।

  • Related Posts

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा भन्सार छलीका लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान, हुन्डीको नगद र भारतिय कार सहित दुई जना मानिसलाई भन्सार दाखिला-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय, पर्सा बाट खटीएको टोलिले सोमबार बीरगंज महानगरपालिका वडा नं. १५ स्थित रहेको प्रतिमा चोकबाट…

    कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित

    गण्डकी । कास्कीमा डेंगी संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा भन्सार छलीका लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान, हुन्डीको नगद र भारतिय कार सहित दुई जना मानिसलाई भन्सार दाखिला-

    • September 16, 2024
    • 31 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा भन्सार छलीका लाखौं मूल्य बराबरको विभिन्न किसिमका सामान, हुन्डीको नगद र भारतिय कार सहित दुई जना मानिसलाई भन्सार दाखिला-

    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    • September 16, 2024
    • 8 views
    नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

    चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

    • September 16, 2024
    • 8 views
    चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि

    कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित

    • September 16, 2024
    • 11 views
    कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित

    राष्ट्र बैंकले पैसा धेरै भएपछि आज फेरि बजारबाट ५० अर्ब झिक्दै

    • September 16, 2024
    • 8 views
    राष्ट्र बैंकले पैसा धेरै भएपछि आज फेरि बजारबाट ५० अर्ब झिक्दै

    विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव

    • September 16, 2024
    • 8 views
    विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव