दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २५, चैत । बिरगंज महानगरपालिका वडा नं. २६, सुगौली बिर्ता द्वारा शनिबार एक कार्यक्रमको बीच स्थानीय छात्राहरु लाई साइकल वितरण गरिएको छ ।

उक्त कार्यक्रम मा २५ जना स्थानीय छात्राहरु लाई साइकल वितरण गरिएको थियो । सो कार्यक्रम को प्रमुख अतिथि क्षेत्र नं. २ का माननीय सांसद अजय कुमार चौरसिया रहनु भएको थियो, भने विशिष्ट अतिथी मा बिरगंज महानगपालिका का उप-प्रमुख इम्तियाज आलम रहनु भएको थियो । मन्तव्य को क्रम मा आलम ले भने आउने दिन मा यश वडा का छात्र छात्राहरु लाई माहानगर बाट हुने सहयोग गर्ने प्रतिबधता गर्दै छु । यस वडा को बिकास को लागि योजनाहरु राख्ने छु र यश वडा का वडा अध्यक्ष शम्भु मिश्रा ले यश वडा को बिकास को लागि हामी संग छलफल गर्नु हुन्छ र साइकल वितरण गरिरहेको मा हृदय देखि धन्यवाद दिन चाहन्छु भनु भयो ।

त्यस्तै कार्यक्रम को सभापतित्व वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्राले गर्नु भएको थियो भने, एउटा साईकलको मूल्य रू. ८ हजार ५ सय गरि २५ वटा साईकलको मूल्य रू. २ लाख १२ हजार ५ सय रहेको जानकारी दिएका छन् । त्यस्तै अतिथिहरुमा रामरुप कुर्मी, प्रेमचन्द्र दुबे, खुरम आलम, वडा सदस्य प्रदिप पटेल, महमुद चुरिहार, रामरती देवी, गिता पासवान लगायत स्थानीयहरु को सहभागिता रहेको थियो ।