दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु औषध खैरो हिरोइन सहित एक जना भारतीय नागरिक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन वीरगञ्ज महानगरपालिका वडा नं. ०८, पानीटंकी टोल मा संचालित जमुना सेकुवा पसलमा लागु औषध खरिद बिक्री कारोवारी भैरहेको छ, भन्ने सुचनाको अधारमा त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्थानमा एक जना संकाष्पद व्यक्तिलाई कानूनी रीतपुर्याई खानतलासी गर्दा भारतको विहार राज्यको जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेलले लगाएको पाइन्टको खल्तीबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५४ ग्राम ( प्लाष्टिक वाहेक ४८ ग्राम ) फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई निज विरूद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा मंगलबार सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।