दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा र लागु औषध नियन्त्रण ब्युरो, पर्सा बाट मंगलबार खटिएको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, नगवा फुलवारी टोल वाट प्रतिवन्धित लागु औषध गाँजा ०६ किलो ५ सय ग्राम सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

आज दिउँसो करिब ०१:०० बजेको समयमा उल्लेखित स्थान बाट वर्ष २३ को शेख सदामले आफ्नै घरमा अवैध लागु औषध गाँजा विक्री वितरण गरिरहेको अबस्थामा त्यहाँ बाट खटिएको संयुक्त टोलीले कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजको घरमा खाटमुनी कालो रंगको प्लाष्टिकको डिब्बाभित्र लुकाइ छिपाई राखिएको लागु औषध गाँजा ६ के. जी. ५०० ग्राम, उक्त गाँजा तौल गर्ने डिजिटल तराजू २ थान समेत फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।