दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २५ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा र बीरगंज भन्सार कार्यालयका संयुक्त टोलीले सोमबार बिहान १०:२० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. १० स्थित वजरंग टोल बाट छापा मारी ८० टीन काजु बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा त्यहाँ बाट खटीएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डको १० जना र बीरगंज भन्सार कार्यालय, पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डको ०७ जनाको संयूक्त गाडी मोबाईल टोलीले उल्लेखित वडा बस्ने रामनगिना राउतको घरमा छापा मार्दा अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ८० टीन काजु (१ टीन बराबर १० किलो) बरामद गरी रु. ७ लाख २० हजारको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज दिउँसो ०१:०० बजे बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको तथा वरामद काजु कसको हो, भनि विशेष अनुसंधान पनि शुरु भई सकेको कुरा गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य ले बताएका छन् ।