
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०२ चैत । सशस्त्र प्रहरी बल नेपाल, बी. ओ. पी. ड्राई पोर्ट ले आज बिहान करिब ०८:५० बजेको समयमा बीरगंज महानगरपालिका-२५, खल्वा टोलको रेल लिग बाट करिब १ सय २५ किलो ग्राम नेपालमा प्रतिबन्धित भारतिय तैयारी कुखुरा पक्राउ गरेको छ ।

बि.ओ.पि. पति सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटि गएको ५ जनाको सीमा अनुगमन तथा पैदल गस्ति टोलीले भारत बाट अवैध रुपमा प्रतिबन्धित बोईलर कुखुरा साईकलमा राखि नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी १ सय २५ के.जी. को अन्दाजी मूल्य रू. ४० हजार बराबरको प्रतिबन्धित बोईलर कुखुरा छाडी साईकल सहित व्यक्ति भागी गएको हुँदा उक्त बोईलर कुखुरा बरामद गरी यस वि.ओ.पि. मा ल्याई पशु क्वारेन्टाइन, स्थानिय राजनितिक दलका प्रतिनिधी, सर्बसाधारण तथा संचारकर्मीहरु को रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको कुरा सशस्त्र प्रहरी निरिक्षक दीपेन्द्र प्रकाश मल्ल ले बताएका छन् ।