दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २४ माघ । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. ड्राई पोर्ट ले आज बिहान करिब ११:०० बजेको समयमा करिब १ सय लिटर घरेलु मदिरा पक्राउ गरि नष्ट गरेको छ ।
एका विहानै बी. ओ. पी. पति सशस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल टोलीले बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंज सडक खण्डमा मोटरसाइकल बोकेर ल्याई रहेको अवस्थामा पक्राउ गरिएको उल्लेखित परिमाणको घरेलू मदिरा स्थानिय भद्रभलादमी तथा संचारकर्मीहरुको रोहबरमा खाल्डोमा पोखी नष्ट गरिएको छ ।