-दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ मंसिर । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. पिडारी गुठी ले सोमबार बिहान करिब ०९:५० बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, बिसुनपुर्वा बाट १० किलो ग्राम प्रतिवन्धित लागु औषध गाजाँ बरामद गरेको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको नियमित गस्ती टोलीलाई देख्नासाथ मोटरसाईकल बाट गाँजाको बोरा फाली भागेको ले उल्लेखित परिमाणको गाँजा बरामद गरि आवश्यक कारबाहिको लागि आजै दिउँसो करिब ०२:१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीमा बुझाईएको छ ।









