बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी, ७ असार। बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।

आगलागी नियन्त्रणमा स्थानीय र प्रहरी जुटेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्णरुपमा क्षति पुगेको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनुभयो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दमकल ल्याइएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र, स्थानीयलगायतको प्रयासका कारण बस्तीमा आगा सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै