यहि मिती २०८०/०८/०६ गते राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोकको आयोजना, श्री लट्टेश्वर हरिहर महादेब मन्दिर क्षेत्र बिकास तथा संरक्षण समिती र त्रिपुरासुन्दरी गा.पाको आर्थिक तथ प्राबिधिक सहयोगमा बृहत् सास्कृतिक कार्यक्रम भएको थियो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं-२ चोकटीको लाटु टोलमा रहेको ऐतिहाँसिक प्राचितम बुढापाकाहरुले बोल्दै आएको श्री लट्टेश्वर बुढा महादेब हाल परिबर्तन नाम श्री लट्टेश्वर हरिहर महादेब पुर्बीउत्तर मोहोडा फर्केर पानिको मुहानमा ध्यानमग्न बस्नु भएको शिव भगवानको प्रचार प्रसार, आन्तरिक तथा बाह्य पर्यटनको सम्भाबित क्षेत्रको अध्ययन, सरोकारवालाहरुको मुख्य बिषयको चासो रहने र राष्ट्रिय संगितकर्मी संघको पालिका स्तरिय कमिटी गठन गरि जिम्मेवारी भै कार्यनयन गर्ने गराउने रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय संगितकर्मी सँघ सिन्धुपाल्चोकले केन्द्रबाट राष्ट्रिय बरिस्ठ एबं चर्चित कलाकार स्मृति गौतम, उमा श्रेष्ठ, अमृत खाती लगाए स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिमा धमाकेदार कार्यक्रम समापन भएको थियो ।

उक्त कार्यक्रममा हरबोधनी मेला भर्न आएका भक्तालुजनहरुलाई भरिपुर्ण मनोरजन दिन सफल आयोजकले स्थानिय सांस्कृतिक पहिचान लोक संगितको संरक्षण आदि बिषयलाई जिम्मेवारी मनाउन राष्ट्रिय संगितकर्मी संघको पनि बिधिबत् कमिटी गठन गरियो । जस्मा अध्यक्ष:- अर्जुन सापकोटा, बरिष्ट उपाध्यक्षः दिपक थामी, महिला उपाध्यक्ष:- मिराअधिकारी, पुरुष उपाध्यक्ष :- अनिस रिजाल, सचिब:- सन्तोष थामी,सह सचिब:- युवराज कार्की, कोषअध्यक्ष :- सुनिता थामी, सह कोष अध्यक्ष :- धर्मराज भण्डारी, सदस्य :- मिरा शिबाकोटी, सदस्य :- सिताष्मा दाहाल र सदस्य:- निकिता थामी गरि एघार सदस्यको समिति निमार्ण गरिएको छ ।