बेलायतको सबैभन्दा धनी परिवारको तस्करी मुद्दामा स्विस फैसला आउँदै

जेनेभामा आफ्नो बङ्गलामा मानव तस्करी र कर्मचारीहरूको शोषण गरेको आरोपमा बेलायतका सबैभन्दा धनी परिवारका चार सदस्यको भाग्यको फैसला शुक्रबार स्विस अदालतमा हुने भएको छ । अभियोजकहरूका अनुसार हिन्दुजाहरूले आफ्ना सेवकहरूको तुलनामा आफ्ना कुकरमाथि धेरै पैसा खर्च गरेका छन् । हिन्दुजाहरूको सम्पत्ति सन्डे टाइम्सले ३७ अर्ब पाउन्ड (४७ अर्ब डलर) रहेको अनुमान गरेको छ । यो आरोप आफ्नो जन्मभूमि भारतबाट सेवकहरू आयात गर्ने परिवारको अभ्यासबाट आएको हो । फैसला स्थानीय समयानुसार दिउँसो ४ बजे आउने अपेक्षा गरिएको छ । प्रकाश र कमल हिन्दुजा, उहाँहरूका छोरा अजय र उहाँकी श्रीमती नम्रतामाथि स्विट्जरल्यान्ड गएपछि आफ्ना सेवकहरूको राहदानी जफत गरेको आरोप लगाइएको छ । हिन्दुजाहरूले आफ्ना कर्मचारीहरूलाई सामान्य तलब दिएको र सेवकहरूलाई घर छाड्न अत्यन्त कम स्वतन्त्रता दिएको अभियोजकहरूको आरोप छ । परिवारले आरोपलाई अस्वीकार गर्दै अभियोजकहरूले ‘हिन्दुजाहरूमा केही गर्न’ चाहेको दाबी गरेको छ । हिन्दुजा परिवारले आफूहरूमाथि आरोप लगाउने तीन कर्मचारीसँग अदालतबाहिर गोप्य सम्झौता गरेको छ । यसका बाबजुद अभियोजन पक्षले आरोपहरूको गम्भीरताका कारण मुद्दालाई अगाडि बढाउने फैसला गरेको छ । जेनेभाका पहिलो अभियोजक इवेस बर्टोसाले प्रकाश र कमल हिन्दुजालाई साढे पाँच वर्षको हिरासतमा राख्न अनुरोध गर्नुभएको छ । अठहत्तर वर्षीय प्रकाश र ७५ वर्षीया कमल दुवै स्वास्थ्य अवस्थाका कारणले ट्रायल सुरु भएदेखि अनुपस्थित हुनुहुन्थ्यो । आफ्नो समापन सम्बोधनमा अभियोजकले परिवारमाथि पैसा बचाउनका लागि शक्तिशाली रोजगारदाता र कमजोर कर्मचारीबीच ‘विषम अवस्था’ को दुरुपयोग गरेको आरोप लगाउनुभयो । घरेलु कर्मचारीहरूलाई प्रतिमहिना दुई सय २० देखि चार सय फ्रेङक (दुई सय ५० देखि चार सय ५० डलर) को बीचमा तलब दिइन्थ्यो । यो स्विट्जरल्यान्डमा उनीहरूको कमाउनसक्ने अपेक्षाभन्दा धेरै कम थियो । “उनीहरूले संसारको दुःखबाट फाइदा उठाइरहेका छन्”, बर्टोसाले अदालतमा भन्नुभयो । तर हिन्दुजा परिवारको बचाउ पक्षका वकिलहरूले तीनै जना वादीहरूले पर्याप्त फाइदा पाइरहेको, अलग्गै नराखिएको र भिल्ला छाड्नका लागि स्वतन्त्र थिए भनी तर्क दिएका छन् । “हामी दुर्व्यवहार गरिएका दासहरूसँग व्यवहार गरिरहेका छैनौँ”, वकिल निकोलस जिनडिनले अदालतलाई भन्नुभयो । “वास्तवमा कर्मचारीहरू आफूलाई राम्रो जीवन दिएकामा हिन्दुजा परिवारप्रति आभारी थिए”, अर्का वकिल रोबर्ट असेलले तर्क दिनुभयो । अजय हिन्दुजाको प्रतिनिधित्व गर्दै वकिल येन हयातले ‘अत्यधिक’ अभियोगको आलोचना गर्दै मुद्दा ‘सामाजिक न्यायको नभई न्यायको सवाल हुनुपर्ने’ बताउनुभयो । उहाँकी श्रीमती नम्रताका वकिल रोमेन जोर्डनले पनि उहाँलाई सफाइ दिन आग्रह गर्दै अभियोजकहरूले परिवारलाई उदाहरण दिन खोजेको दाबी गर्नुभयो । अभियोजन पक्षले कर्मचारीहरूलाई नगद तलबबाहेक गरिएका अन्य भुक्तानी उल्लेख गर्न असफल भएको उहाँले बताउनुभयो । “कुनै पनि कर्मचारीलाई तलबबाट धोका दिइएको छैन”, असेलले भन्नुभयो । केही कर्मचारीले तलब वृद्धिको माग गर्दा पूरा भएको छ । तेल र ग्यास, बैंकिङ र स्वास्थ्य सेवामा रुचि राख्ने हिन्दुजा समूह ३८ मुलुकमा अवस्थित छ र करिब दुई लाखलाई रोजगारी दिएको छ ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय