बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक

बैतडी । बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादशैंको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ ।

यो वर्ष महाष्टमी र महानवमी एकै दिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्दछ । महाष्टमीको अघिल्लो दिन सप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन छ । जात्राका लागि मन्दिरमा टाढा-टाढाबाट दर्शनार्थीसमेत पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् । जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चार पटक जात्रा लाग्ने गर्दछ । शारदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा सुरु भइ सप्तमी र महाष्टमीमा जात्रा लाग्ने गर्दछ । पाटन नगरपालिका-६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने भएकाले मानिसको चहलपहल बढेको छ । उदयदेव मन्दिरमा हिजोदेखि जात्रा सुरु भएको मन्दिरका सहायक पुजारी लवदेव जोशीले बताए ।

उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 82 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-