ब्रह्मा मूर्ति पुनरुत्थान भएको मन्दिरको आसनमा फिर्ता गरीएको छ

काठमाडौँ , काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जय बागेश्वरी गायत्री मार्गमा पुनरुत्थान गरिएको व्रह्मा मन्दिरमा मूर्ति पुनस्थापना गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा संरक्षण गरेर राखिएको मूर्तिलाई बग्गीमा राखेर मन्दिर पुर्‍याइएको थियो । यस क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित स्थानीयले उल्लासपूर्ण पुनःस्थापना यात्रामा सहभागिता जनाएका थिए । 

ब्रह्माको मूति हराएको भेट्टाइएको र संरक्षण गरिएको विषयमा जानकारी दिँदै वडाध्यक्ष आशामान संगतले पाका स्थानीयहरुको भनाइ उधृत गर्दै भने- ‘एकाथरीको भनाइ छ, चोरले मूर्ति चोरेर लाँदा लैजान नसकेपछि धोवी खोलामा फालेको थियो । अर्को एकथरीको भनाइ छ, पशुपतिको तिलगंगा क्षेत्रमा फालिएको थियो । जता फाले पनि २०३६ देखि २०३८ का बिचमा आसनबाट मूर्ति चोरी भएको हो । र, फालिएको ठाउँबाट प्रहरीले ल्याएर प्रहरी कम्पाउण्डमा राखेको चाहिँ सत्य हो ।’  

वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । यसस्थानमा झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो । यसबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । 

‘मन्दिरको वनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गरेर पुननिर्माण गराएका हौँ ।’ संगतले जानकारी दिए । 

सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण गरिएको हो । यसको लागत करिब १ करोड १५ लाख रुपियाँ हो । मन्दिर माटो, इटा र काठको प्रयोगबाट निर्माण गरिएको छ । यो दुई तलाको प्यागोडा शैलीको छ ।

  • Related Posts

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    ।काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।   बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 61 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 54 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक