दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ मंसिर । प्रहरी चौकी, गण्डक ले कार्तिक २८ गते साँझ करिब ०७:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक स्थित बाट खैरो हिरोइन सहित मोटरसाइकल र चालकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन वीरगञ्ज बाट परवानीपुर तर्फ जाँदै गरेको ना. २१ प ४५८६ नम्बरको मोटर साईकललाई त्यहाँ बाट खटिएको चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ३५ को ध्रुव रामले उक्त मोटरसाइकल को लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोल भित्र सेतो प्लाष्टिकमा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन ६ ग्राम ५ सय मिलि ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा पर्सा प्रहरी का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले शुक्रबार बताएका छन् ।