दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले मंगलबार दिउसो करिब ०३:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०७ स्थित सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडाहरू बरामद गरेको छ ।

उक्त दिन भन्सार छली चोरी पैठारी गरी भारत बाट वीरगञ्ज घण्टाघर तर्फ ल्याउदै गरेकोमा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू क्रमशः होलीको टप्स २ हजार ३० पिस, टप्स २ सय ६४ पिस र कुर्ता सुरवाल २ सय ३० पिस वेवारिसे अवस्थामा बरामद गरी अंदाजी मुल्य रू. ८ लाख ३९ हजार ४ सयको मूल्यांकन गरि आवश्यक कारवाहीको लागि बुधबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।