
मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङलो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । विशेष गरी धान राख्नको लागि प्रयोग गरिने भकारी यहाँ रू एक हजार देखि २५ सयसम्म खरिदबिक्री हुने गरेको थाम्देन बताउनुहुन्छ । तस्बिरः रासस