भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पुर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पुर्णसिंह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैयाँ र ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।










