भद्रकाली मन्दिरको पुनःनिर्माण हुदै

 भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ ।

काठमाडौँ महानगरकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको अनुगमन गर्दै सत्तलमा काठ सम्बन्धी काम गर्दा परम्परागत रुपमा काठको काम गर्ने रैथाने सिप भएका व्यक्तिहरुको सुझाव र सहयोग लिन, कम्पाउण्ड वाल (सुरक्षा पर्खाल) बनाउँदा सुरक्षा, सुन्दरता, मौलिकता र उपयोग सहजतालाई ध्यान दिन सुझाव दिएकी छन् । 

भद्रकाली मन्दिर भौगोलिक रुपमा महानगरको वडा नम्बर-११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नम्बर २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार मन्दिर परिसरमा विभिन्न समुदायका कुल देवता स्थल भएकोले यसको गरिमा बचाउँदै पुननिर्माण कार्य भइरहेको छ । 

२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिर परिसरका सत्तल पुनःनिर्माणका लागि छनोट भएको निर्माण पक्षसँग २०८१ ज्येष्ठ ६ गते सम्झौता गरेर असार ४ गते कार्यादेश दिइएको थियो । त्यही महिनाको २७ गते जग पूजा गरेपछि मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको हो । 

पुनःनिर्माण अघि मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना थिए । कार्यादेश दिँदा पुननिर्माणका लागि ३६ करोड रुपियाँ लागत अनुमान गरिएको थियो । खुला प्रतिस्पर्धामा ३४ करोड ८० लाख ७१ हजार रुपियाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । पुनःनिर्माण गर्दै जाँदा सरचना र डिजाइनमा केही परिवर्तन भएकोले भेरिएसन गरिएको छ । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रिजालका अनुसार संशोधित डिजाइनको लागत अनुमान करबाहेक ३७ करोड ३० लाख ८७ हजार रुपियाँ थियो । यसको सम्झौता रकम ३६ करोड ८० लाख ४ हजार रुपियाँ हो । निर्माण अवधि २०८४ असार ३ गतेसम्म हो । 

सत्तललगायत संरचनाको निर्माण परम्परागत नेवारी शैलीमा भइरहेको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थामको प्रयोग गरिएको छ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडेर बनाइँदैछ । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक निर्माण हुँदैछन् । यिनीहरु पनि आपसमा जोडिएका छन् । विभागका इञ्जिनियर अनुपराज ढुङ्गानाका अनुसार भद्रकाली परिसरको क्षेत्रफल ४ हजार ५४४ वर्गमिटर हो । यसभित्र उत्तरतर्फको सत्तल ५८८.९२ वर्गमिटर र दक्षिणतर्फको सत्तल ३१६.४ वर्गमिटरको छ । 

मन्दिर पुननिर्माणका लागि सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समितिले काम गरिरहेको छ । समितिको सदस्यहरुमा वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधि भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्व अध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई छन् । 

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरुत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुननिर्माणको काममा सहजीकरण गरिरहेको छ ।

  • Related Posts

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता लिन महान्यायाधिवक्ता सबिता भण्डारीले बुधबार गरेको निर्णय कार्यालयको वेबसाइटबाटै हटाइएको छ । महान्यायाधिवक्ता…

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहुचर्चित झापा-५ बाट प्रतिनिधि सभा सदस्यका लागि समिर तामाङलाई उम्मेदवा बनाएको छ । हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवार सार्वजनिक गर्दै झापा-५…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views