दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बुधबार दिउँसो करिब ०१:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईदगाह चोक स्थित सडक खण्डमा भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कुर्ता सुरवाल ९ सय ४८ पीस, बिर्यानी पकाउने भाडा ५ थान, ठुलो भठ्ठी २ पिस, छनौटा २ थान तथा सानो बाल्टी २ थान लगायतका मालबस्तुहरू चोरी पैठारी गरी वीरगञ्ज घण्टाघरतर्फ ल्याउदै गरेकोमा त्यहाँ बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी अंदाजी मूल्य रू. १० लाख ०४ हजार ४ सयको मूल्यांकन गरि आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताएका छन् ।