दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २७ फागुन । जिल्ला प्रहरी कार्यालय पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार दिउसो करिब ०४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर स्थित सडक खण्डमा घरकोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू अनाधिकृत रूपमा भण्डारण गरी राखेको अवस्था बाट आफ्नो नियन्त्रणमा लिएको थियो ।
उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले सो जुत्ताका गोदाम कानूनी रीतपुर्याई खानतलासी गरी स्थानीय जन प्रतिनिधीहरूको रोहब्बरमा वेवारिसे अवस्थामा फेला परेको जुत्ता ६ सय ९५ जोर, Super Click Cream ३७ पिस तथा प्लाष्टिकको लेडिज चप्पल २६ पिस बरामद गरी अंदाजी मूल्य रू. ७ लाख ५ हजार बराबरको मूल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठ ले बताएका छन् ।