दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २३ असार । तालुक मधेश प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय, बिर्ताको संयुक्त प्रहरी टोलीले काजु-१९ डिब्बा (१ सय ९० के. जि.), पाईन्ट रोल कपडा- २८ थान तथा होल्डर-४३ प्याकेट ( ८ सय ६० पिस) गरि अंदाजी मुल्य रु. ६ लाख ९८ हजार बराबरको सामान बरामद गरिएको छ ।
यसैगरी वडा प्रहरी कार्यालय विर्ता, प्रहरी चौकी, ईनर्वा र अस्थाई प्रहरी पोष्ट, ईनर्वागाँउको टोलीहरुबाट पुजा मिश्री–१ क्वीन्टल, लेगीज सुरुवाल–९ पिस, मोटरसाइकलका विभिन्न पार्टसहरु, चिनि-२५ किलो, लेडिज कुर्ता–१ सय ६० पिस, चप्पल–३३ जोर, मिट मसाला–१ बोरा तथा किराना समानहरु–१ बोरा गरि अंदाजी मुल्य रु. २ लाख ९९ हजार बराबरको सामान गरि जम्मा रु. ९ लाख ९७ हजार बराबरको विभिन्न सामानहरू आजै बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।