दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २२ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब १०:३० बजेको समयमा भारत बाट भन्सार छली चोरी पैठारी गरी ल्याएको गहुँ लखनपुर बाट वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ०६, लखनपुर पुल नजिक सडक खण्डमा मे. १ त ४८४८ र ना. २ त ४५६८ नम्बरको ट्याक्टरहरूलाई रोक्नसाथ चालकहरू छाडी भागी फरार भएको तथा सो ट्याक्टरहरूमा लोड रहेको भारतीय गहुँ र उल्लेखित नम्बरका ट्याक्टरहरु वेवारिसे अवस्थामा फेला पारी अंदाजी मूल्य रू. २४ लाख ५० हजार बराबरको गहुँ र ट्याक्टर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सोमबार प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् ।