दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वडा नं. ०४ र वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थितबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका Atom Bom चक्लेट ३ सय २० डिब्बा, Magic Stick चक्लेट ९६ डिब्बा, Full Tank चक्लेट ४८ डिब्बा, चिनी ६ सय ५८ के.जी., मैदा ३ क्वीन्टल, छोगडा ९१ के.जी., सुर्ती ९ के.जी., ठुलो ब्लांकेट १० पिस, माटोको मुर्ती ३० के.जी., लेडिज स्वीटर २२ पिस, भारतीय नम्बर प्लेट BR 05 C 7762 को मोटरसाइकल, कुर्ता सुरुवाल २० पिस, भारतीय नम्बर प्लेट BR 05 AP 6342 को मोटरसाइकल तथा मोबाईलको Tempred Glass ४ सय पिस गरि जम्मा रू. ४ लाख ५० हजार ६ सय ४० को बरामद गरी आवश्यक कारवाहीको लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको को कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।