दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २३ जेष्ठ । वडा प्रहरी कार्यालय, विर्ता तथा प्रहरी चौकी ईनर्वा ले विशेष सूचनाको आधारमा संयुक्त रुपमा सोमबार राती करिब ११:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना अपरिचित व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्ज तर्फ भित्राउदै गरेको अवस्थामा आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ टाउकोमा बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएकोले उक्त मालबस्तुहरू वेवारिसे अवस्थामा फेला पारी अंदाजी मूल्य रू. ६ लाख ५४ हजार ६ सय ८५ बराबरको बिभिन्न किसिमका लत्ताकपडाहरू तथा चकलेटहरू आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।