
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १९ असार । पर्सा प्रहरी तथा सशस्त्र प्रहरीका संयुक्त टोलीले शनिबार राति करिब १०:३० बजेको समयमा ठोरी गाउँपालिका वडा नं. ४ गोपीबस्ती स्थितबाट अवैध रूपमा भन्सार छली पैठारी गरी ल्याइ अनाधिकृतरूपमा भण्डारण गरिएका तोरी १८ क्वीन्टल ५० के.जी. बरामद गरी रू.१ लाख ८५ हजार बराबरका तोरी आवश्यक कारवाहीको लागि आईतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।