दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, २३ चैत । बीरगंज महानगरपालिका क्षेत्र भित्र रहेका विभिन्न प्रहरी चौकीहरुले बुधबार राति करिब ०९:३० बजेको समयमा विभिन्न किसिमका सामानहरू पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू. ७ लाख ९६ हजार ३ सय ६० बराबरका विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा केशर आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पर्सा प्रहरी ले जनाएको छ ।