बीरगंज, ११ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिल विजक भन्दा बढी बिभिन्न किसिमका मसला, लत्ताकपडाहरू तथा हार्डवेयर लगायतका मालवस्तुहरू राजश्व छली पैठारी गरी जनकपुरतर्फ लैजाँदै गरेको सूचना प्राप्त भई त्यहाँ बाट खटिएको प्रहरी टोलीले शनिबार राति करिब ०१:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१० घण्टाघर सडकखण्डमा बा.२ ख ३४३५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिई रू. ३० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।