दीपेन्द्र प्रजापति/कालो झोला ।
पर्सा, २६ असार । वडा प्रहरी कार्यालय, श्रीपुर ले सोमबार भन्सार छली चोरी पैठारी गरी ल्याएको सेरवानी–७५ सेट र साडीको थानको कपडा–४३ थान को रु. २ लाख ७९ हजार तथा प्रहरी चौकी, ईनर्वा ले कपडा–३ थान र लेडिज कुर्था सुरुवाल–१५ पिस को रु. ६० हजार गरि जम्मा रु. ३ लाख ३९ हजार बराबरको विभिन्न किसिमका तस्करीका कपडाहरु बरामद गरि आवश्यक कारवाहीको लागि आज बीरगंज भन्सार कार्यालय, पर्सा मा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा ले जनाएको छ ।