भारतको उत्तराखण्डमा भारी हिमपात

भारतको उत्तराखण्डमा भारी हिमपात भएको छ । उत्तारखण्डका चमोली, टिहरी, रुद्रप्रयाग, उत्तरकाशी र देहरादूनका उच्च उचाइका क्षेत्रहरूमा भारी हिमपात भएको छ । 

यसैबीच, देहरादून र हरिद्वार जिल्लाका केही क्षेत्रमा बिहानदेखि निरन्तर वर्षा भइरहेको र राज्यमा वर्षा र हिमपातको लागि देहरादूनको मौसम विज्ञान केन्द्रले चेतावनी जारी गरेको छ । विभागका अनुसार, यस्तो मौसम जनवरी २८ सम्म जारी रहन सक्ने बताएको छ ।पश्चिमी विक्षोभको गतिविधि हिजो रातिदेखि सुरु भएको थियो।

उत्तराखण्डका २३०० मिटर वा सोभन्दा बढी उचाइ भएका क्षेत्रहरूमा विशेष गरी हिमपात हुने सम्भावना रहेको र मैदानी क्षेत्रमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको केन्द्रले जानकारी दिएको छ ।

साथै, आगामी २४ घण्टामा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा तेज हावा चल्ने पनि अपेक्षा गरिएको छ । मौसम विभागका अनुसार, जनवरी २५ र २६ मा राज्यमा यस्तै अवस्था कायम रहन सक्ने बताएको छ ।

  • Related Posts

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको…

    इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

    अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 8 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 6 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 8 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 9 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 14 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ