भारतको गणतन्त्र दिवसमा सयौं बौद्ध भिक्षुहरू सहभागि हुने-

दीपेन्द्र प्रजापति/कालो झोला ।

नयाँ दिल्ली, १२ माघ । विश्वलाई शान्तिको सन्देश दिन ४० देशका २ सय भन्दा बढी भिक्षुहरूले भारतको गणतन्त्र दिवसमा भाग लिने योजना बनाएका छन् ।

अन्तर्राष्ट्रिय बौद्ध महासंघले आईतबार आयोजना गरेको दोस्रो विश्व बौद्ध शिखर सम्मेलनको क्रममा भारत मण्डपममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको कुरा उक्त सम्मेलनमा नेपाल बाट भाग लिन गएका सार्क जर्नलिस्ट फोरम इन्टरनेसनल का अध्यक्ष राजु लामाले बताएका छन् ।

अन्तर्राष्ट्रिय बौद्ध महासंघका महानिर्देशक अभिजित हाल्दरले भारत सधैं विश्व शान्तिको पक्षमा रहेको बताउँदै सञ्चारकर्मीहरूलाई शान्ति, बुद्धिमत्ता र करुणाको सन्देश दिन आग्रह गर्नु भएका छन् ।

“भारत विश्वको सबैभन्दा शक्तिशाली देशहरू मध्ये एक हो र यसको बलियो सैन्य उपस्थिति छ तर द्वन्द समाधान होइन त्यसैले भारत विश्व समुदायलाई भन्न चाहन्छ कि भारत सधैं बुद्धको मार्ग पछ्याएर शान्ति पूर्ण रहन्छ जुन हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले सधैं भन्नुहुन्छ,” हाल्दरले भनेका छन् ।

भारतको गणतन्त्र दिवसमा भिक्षुहरूलाई सहभागी गराउन दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन र IBC ले सुरु गरेको कार्यक्रममा भाग लिन विभिन्न देशका सयौं भिक्षुहरू नयाँ दिल्लीमा रहेको कुरा अध्यक्ष लामाले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    टी- २० विश्वकपको सुपर आठमा को को पुग्दैछन ?

    जारी टी- २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् । श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका…

    टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम, राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

    नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ