भारतको जोगवनी बजार तनावग्रस्त, नेपालीलाई प्रवेशमा रोक

विराटनगर । भारतको जोगवनी बजार तनावग्रस्त बनेपछि सीमा नाकाबाट नेपाली नागरिकलाई प्रवेश रोकिएको छ । दुई पक्षबीच विवाद बढेर झडप भएपछि जोगवनीमा तनाव भएको बताइएको छ ।

साप्रदायिक दंगा हुनसक्ने भन्दै सीमाबाट नेपालीको प्रवेश बन्द गरिएको छ । नेपालीको किनमेल गर्ने मुख्य बजार जोगवनी चाडपर्व बाहेक अन्य समयमा पनि दैनिक किनमेल गर्न ठुलो संख्यामा जाने गर्दछन् । 

अवस्था असामान्य बनेपछि जोगवनी प्रवेश गर्ने नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । किनमेलका लागि जोगवनी जान लागेका नेपालीलाई विराटनगरको रानी नाकामै रोकिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालीलाई जोगवनी प्रवेशमा रोक लगाइएको र विराटनगरको रानी नाकामा सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

सुरक्षाकर्मीले जोगवनी जान लागेका नेपालीहरुलाई सीमा क्षेत्रमै रोकेका छन् । बिहान करिब ११ बजेदेखि सुरु भएको तनाव पछिल्लो समय उग्र बन्दै गएको बताइएको छ । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको र मुस्लिम र हिन्दु समुदायका युवाबीच दोहोरो झडप भएको सीमामा तैनाथ एक प्रहरीले जानकारी दिएका छन् ।

भारतीय सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । परिस्थिति नियन्त्रण बाहिर गएर दंग भड्किने सम्भावना बढेको बताइएको छ । भारतीय अधिकारीहरुले दुवै पक्षलाई संयम हुन आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन् ।

  • Related Posts

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    यस्तो छ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी

    काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह