दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ बैशाख । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०१, झलमहिया मा शनिबार दिउँसो करिब ०३:०० बजेको समयमा आगलागी हुदा लाखौंको छती भएको छ । भारत बाट गँहुको खेतमा रहेको गँहुको ठुटोमा के-कुन मानिसहरुले आगो लगाएकोमा उक्त आगो नेपाल तर्फ सल्किन गई नजिकै रहेको झलमहिया बस्तीमा आगो सल्किन जाँदा १५ जना मानिसहरुको घर, विभिन्न सर समान समेत जली क्षेती भएको छ ।

उक्त आगलागीको खबर प्राप्त हुना साथ प्रहरी चौकि, झलमहिया बाट प्रहरी सहायक निरीक्षक को कमाण्डमा-५ जनाको टोली र तालुक ईलाका प्रहरी कार्यालय, पोखरीया बाट प्रहरी निरीक्षक मोहन बिक्रम के. सी. को कमाण्डमा ७ जनाको टोली खटिगई प्रहरी, स्थानिय र बिरगंज महानगरपालिकाको बारुणयन्त्र, पोखरीया नगरपालिका को बारुणयन्त्र, बिपद ब्यवस्थपन गुल्म,  पर्साको बारुणयन्त्र को सहयोगमा उक्त आगो साँझ ०६:०० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो भने निम्न मानिसहरुको घर र समानहरु जली लाखौंको क्षेती भएको छ ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ०१, झलमहिया बस्ने क्रमशः अंदाजी बर्ष ४६ को किसुनदेव हजराको फुसको घर, गँहु २० क्बिन्टल, लत्ताकपडा, भाडाबर्तन गरी रु.२ लाख ८० हजार, अंदाजी बर्ष ४० को चेतमन राउत अहिरको ६ कठ्ठामा रहेको गँहु अंदाजी मुल्य रु. ३२ हजार, अंदाजी बर्ष ३९ को राजु यादबको ३३ कठ्ठामा रहेको गँहु र पराल गरी अंदाजी मुल्य रु.१ लाख,

अंदाजी बर्ष ४० को उपेन्द्र यादबको ८ कठ्ठामा रहेको गँहु अंदाजी मुल्य रु. ४२ हजार, अंदाजी बर्ष ५५ को हाकिम यादबको ८ कठ्ठामा रहेको गँहु अंदाजी मूल्य रु. ४२ हजार, बर्ष ४५ को ताराचन्द साह तेलिको ३० कठ्ठामा रहेको गँहु र पराल गरी अंदाजी मुल्य रु.१ लाख २० हजार को छती भएको छ ।

यसै गरी बर्ष ५४ को भिखारी राउत अहिरको पराल अंदाजी मुल्य रु.३० हजार, बर्ष ४५ को मनबोद यादबले संचान गरेको ओम पाथिभारा पशुपक्षी फर्म जली नष्ट भएको र उक्त फर्ममा रहेको २५ क्बिन्टल दाना, कुखुरा ३५ वटा र फुसको घर गरी अंदाजी मुल्य रु. ४ लाख, अंदाजी बर्ष ५५ को बिरेन्द्र यादबको फुसको गोठ, गँहु १० क्बिन्टल र भुस  गरी अंदाजी मूल्य रू. ८० हजार, अंदाजी बर्ष ४० को साहेब राउत अहिरको पराल अंदाजी मुल्य रु. २० हजार, अंदाजी बर्ष ३५ को जुगुल यादबको पराल रु. २० हजार, अंदाजी बर्ष ६० को बिश्वनाथ यादबको पराल अंदाजी मुल्य रु. ८ हजार, अंदाजी बर्ष २२ को मुनिल यादबको १० कठामा रहेको गँहु अंदाजी मुल्य रु. ५० हजार, अंदाजी बर्ष ६० को अर्जुन यादबको १० कठामा रहेको गँहु अंदाजी मुल्य रु.५० हजार, अंदाजी बर्ष ५० को किशुनदेब यादबको ३ कठ्ठाको गँहु अंदाजी मुल्य रु. २० हजार गरि जम्मा अंदाजी मूल्य रू. १२ लाख ८४ हजार बराबरको छती भएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।