भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले पराजित गरेको हो ।

भारतले दिएको ३५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाको जितमा एडन मार्क्रमले शतकीय पारी खेल्दै ११० रन बनाएका थिए भने माथ्यु ब्रीटज्केले ६८, डेवाल्ड ब्रेभिसले ५४, कप्तान टेम्बा बभुमाले ४६, कोर्बिन बोचले २९ रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदीप सिंह र प्रसिद्ध कृष्णले २-२ विकेट लिएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १०२ र ऋतुराज गायकवाडले १०५ रनको शतकीय पारी खेलेका थिए भने कप्तान केएल राहुलले ६६ रन बनाएका थिए ।

यो एकदिवसीय क्रिकेट इतिहासमा दक्षिण अफ्रीकाले गरेको सबै भन्दा ठुलो तेस्रो रन चेज हो । दक्षिण अफ्रिकाले यसअघि २०१६ मा अस्ट्रेलियाविरुद्ध ३७२ रन चेज गरेको थियो भने २००६ मा अस्ट्रेलियाविरुद्ध ४३५ रन चेज गरेको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-१ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल डिसेम्बर ६ मा विशाखापट्टनममा हुने छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय