भारतसँगै पाकिस्तान पनि एशिया कपको सुपर फोरमा

काठमाडौँ । पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै एसिया कप २०२५ को सुपर फोरमा छनोट भएको छ । 

गएराती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा युएईले १७.४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी, हरिस रौफ र अब्रार अहमदले दुई-दुई विकेट लिए भने साम अयुब र सलमान आघाले एक-एक विकेट लिए ।

समूह ए बाट भारत र पाकिस्तान सुपर ४ मा पुगेका छन् । भारतले आफ्ना दुवै खेल जित्यो र चार अंक र +४.७९३ को नेट रन रेटका साथ शिर्ष स्थानाम छ भने पाकिस्तान ३ खेलमा २ खेल जितेर दोस्रो स्थानमा रहेको छ । भारतले आफ्नो अन्तिम खेल ओमानसँग भोलि खेल्ने तालिका रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना समयः चरणका तिनै खेल खेलेको छ । पहिलो खेलमा ओमानलाई ९३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ए बाट युएई र ओमान भने बाहिरिएका छन् ।

एशिया कप अन्तर्गत आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ ।

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 20 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो