भारतीय कप्तान सूर्यकुमार यादवलाई राजनीतिक बयानबाट बच्न आइसीसीको सल्लाह

काठमाडौँ । भारतीय कप्तान सूर्यकुमार यादवलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक सुनुवाइको क्रममा कुनै पनि राजनीतिक बयान दिनबाट टाढा रहन सल्लाह दिएको छ ।

आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले यादवलाई राजनीतिक बयानबाट बच्न यस्तो सल्लाह दिएका हुन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय कप्तान यादवविरुद्ध दर्ता गरेको उजुरीको सुनुवाई गर्दै रिचर्डसनले यस्तो सल्लाह दिएका हुन् । पाकिस्तानका साहिबजादा फरहान र हरिस रौफविरुद्ध भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले दायर गरेको उजुरीको सुनुवाइ आज हुने बताइएको छ ।

पीसीबीले सेप्टेम्बर १४ मा भारत र पाकिस्तान बीचको खेल पछि तोकिएको सात दिनको अवधि भित्र उजुरी दर्ता गरेको थियो । भारतीय कप्तान सूर्यकुमार यादवले त्यो खेलमा पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरेका थिए र भारतीय टोलीको विजय अपरेशन सिन्दूर गर्ने भारतीय सशस्त्र बललाई समर्पित गरेका थिए । उनले पहलगाम आतंकवादी हमलाका पीडितहरूसँग ऐक्यबद्धता पनि व्यक्त गरेका थिए ।

सूर्यकुमार यादवले खेलपछि भनेका थिए- ‘म केही भन्न चाहन्छु र यो सही समय हो । हामी पहलगाम आतंकवादी हमलामा मारिएकाहरूको परिवारसँगै उभिएका छौं र उनीहरूसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं । म यो विजय (पाकिस्तान विरुद्ध) हाम्रा सबै सशस्त्र सेनाहरूलाई समर्पित गर्दछु, जसले अपार बहादुरी देखाएका छन् । मलाई आशा छ कि उनीहरूले हामीलाई प्रेरणा दिइरहनेछन् र उनीहरूलाई खुशी पार्ने मौका पाउँदा उनीहरूको अनुहारमा मुस्कान ल्याउनेछन् ।’

त्यस्तै भारतले एसिया कप सुपर फोर अन्तर्गतको खेलको क्रममा भड्काउने हाउभाउ गरेको भन्दै पाकिस्तानी क्रिकेटरहरू हरिस रौफ र साहिबजादा फरहान विरुद्ध आईसीसीमा आधिकारिक उजुरी दर्ता गरेको छ । बीसीसीआईले बुधबार यी दुई विरुद्ध उजुरी दर्ता गरेको र आईसीसीलाई इमेल पठाएको छ । साहिबजादा र रौफले लिखित रूपमा आरोप अस्वीकार गरेकाले आईसीसीले यस विषयमा सुनुवाइ गर्नेछ । सुनुवाइको लागि उनीहरूलाई आईसीसी एलिट प्यानल रेफ्री रिची रिचर्डसनसमक्ष उपस्थित हुनुपर्ने बताइएको छ ।

  • Related Posts

    हङकङ सिक्सेसमा आज नेपाल अफगानिस्तानविरुद्ध खेल्दै

    काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगिता आजदेखि शुरु हुदै छ । आज नेपालले पहिलो खेलमा अफगानिस्तानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ…

    भारतीय पुर्व क्रिकेटर रैना र धवनको करोडौंको सम्पत्ति जफत !

    काठमाडौँ । पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको समस्या बढेको छ । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले बेटिंग एप मुद्दाको सम्बन्धमा दुवैको ११.१४ करोड भारुको सम्पत्ति जफत गरेको…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 25 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 28 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट