भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन

काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।

भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।

आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।

रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् । उनले भने- ‘म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।’

रोहितको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।   

  • Related Posts

    आइपिएलको मिनी अक्सन आज हुदै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने…

    बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् ।  म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो,…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो