दीपेन्द्र प्रजापति कालो झोला ।
बीरगंज, २२ श्रावण । प्रहरी चौकी ईनर्वा, पर्साले सोमबार राति करिब १०:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्डमा नियमितरूपमा चेक जाँच गर्ने क्रममा भारतको रक्सौल बाट संकास्पदरूपमा आउँदै गरेको एक जना भारतीय नागरिक लाई प्रतिबन्धित भारतीय नोट सहित आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त राति भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मोतिहारी घोडासाहन बस्ने दिनानाथ प्रसाद को छोरा वर्ष २९ को अनिल कुमार लाई कानूनी रीतपुर्याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू. ५ सय दरका नोट ४ सय ३८ थान गरी जम्मा भारतीय रू. २ लाख १९ हजार फेला परेको हुँदा उल्लेखित भारतीय रुपैया बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।