भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद
काठमाडौं, १२ वैशाख ।
भारतका विद्युत तथा शहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनु भएका भारतीय विद्युत मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नु भएको थियो । सो क्रममा नेपाल-भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराउनु भएको थियो ।
समकक्षी मन्त्री खट्टरको नेपाल भ्रमणबारे जानकारी गराउनु हुँदै ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासकालागि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनु खुशीको कुरा भएको बताउनु भयो । दुई प्रधानमन्त्रीबीचको संवादमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई थप गतिकासाथ अघि बढाउने विषयमा कुराकानी भएको थियो । मन्त्रीस्तरीय भ्रमणमा दुई देशका प्रधानमन्त्रीले समेत चासो राखेर गरिएको संवादले दुई देशबीच ऊर्जा क्षेत्रको विकासकालागि कोशेढुङ्गा सावित हुने मन्त्री खड्काको भनाई थियो ।
भारतका विद्युतमन्त्री नेपालको औपचारिक भ्रमणमा पहिलोपटक आउनुले नेपाल–भारतबीच ऊर्जा क्षेत्रलाई नयाँ गति दिएको छ भने दीर्घकालीन साझेदारी अझ सुदृढ बनाएको ऊर्जाविद्हरुले बताएका छन् ।
मन्त्री खट्टरको भ्रमणको क्रममा पहिलोपटक अन्तरदेशीय प्रशारणलाईन बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसमा ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणकालागि भएको समझदारीपत्रमा इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ। त्यस्तै दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ ।
ऊर्जामन्त्री खड्काले विशेष गरी जलविद्युत उत्पादन, प्रसारण र वितरणमा सहकार्य विस्तार गर्ने विषयमा भारतीय समकक्षीसँग सहयोग, प्रतिबद्धता र समझदारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
ऊर्जामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत् मन्त्री खट्टरको भ्रमणलाई “उपलब्धिपूर्ण” भन्दै प्रशंसा गर्नु भएको छ । साथै, नेपाल–भारत मित्रता र सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीमा परिणत गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भारतीय राजदूत श्री नविन श्रीवास्तवप्रति पनि समन्वयको लागि विशेष धन्यवाद दिनुभएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज , ०९ जेष्ठ । “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार” भन्ने मूल नाराका साथ वीरगंजमा ४५ दिने ह्याण्ड इम्ब्रोडरी सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ…

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ जेष्ठ । वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधी तथा गुण नियन्त्रण र…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 63 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-