दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २७ पौष । भारतीय महावाणिज्य दूतावास, बीरगंज द्वारा विश्व हिंदी दिवस 2026 को अवसर मा आईतबार एक भव्य कार्यक्रम को आयोजना गरेको थियो । यस कार्यक्रम मा विभिन्न बिध्यालयहरुको बिधार्थीहरुको लागि भाषण तथा कविता प्रतियोगिताको आयोजना गर्नुको साथै शारदा कला केंद्र, रक्सौल द्वारा आकर्षक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
यस अवसर मा, भारतीय महावाणिज्य दूत देवी सहाय मीना ले हिंदी भाषा को विश्व स्तरमा व्यापकता तथा भारत एवं नेपाल को बीच सांस्कृतिक संबन्धलाई सुदृढ बनाउन मा यसको भूमिका माथि प्रकाश पारेका थिए । उनले विश्व हिंदी दिवस को अवसर मा प्रधानमंत्री श्री नरेंद्र मोदी को संदेश पनि पढेका थिए, जसमा हिंदी भाषा र संस्कृति को वैश्विक स्तर मा बढ़ावा दिनको लागि सरकार को प्रतिबद्धता को रेखांकित गरिएको थियो ।

सहभागि बिद्यालयका बिद्यार्थीहरुले भारत र नेपाल को युगौं युगौं पुरानो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धहरुको महत्वका विषय माथि आयोजित भाषण र स्वरचित कविता प्रतियोगितामा पनि जोश को साथ भाग लिएका थिए तथा आफ्नो भाषाई कुशलता तथा रचनात्मकता ले अतिथिहरु लाई प्रभावित बनाएका थिए ।
प्रतियोगिताको विजेताहरुलाई महावाणिज्य दूत देवी सहाय मीना ले उनीहरुको प्रभावी प्रस्तुति केा लागि पुरस्कृत पनि गरेका थिए । यो कार्यक्रम एउटा भव्य सफलता थियो, जसमा भारतीय महावाणिज्य दूतावास, बीरगंज ले यस क्षेत्रमा हिंदी भाषा र संस्कृति को बढ़ावा दिनको लागि आफ्नो प्रतिबद्धता लाई पुनः व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न क्षेत्र बाट गणमान्य अतिथिहरुको प्रभावशाली उपस्थिति रहेको जसमा शैक्षिक संस्था, उद्योग एवं वाणिज्य क्षेत्र का प्रतिनिधि, भारत-नेपाल मेत्री संघ तथा अन्य हिन्दी प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।








