दीपेन्द्र प्रजापति/कालो झोला ।

वैशाली, २२ माघ । भारत-मरीशस मैत्री संघको सचिव मा भारतको ऐतिहासिक स्थान विश्वमा लोकतन्त्रको जननीको रुपमा चिनिने वैशाली निवासी शशि भूषण कुमार चयन भएका छन् ।

मानवाधिकार पत्रकारिताको भारत लगायत विदेशमा पनि नाम कमाएका चर्चित व्यक्तित्व, साउथ एसियाको देशहरुमा चर्चित सार्क जर्नलिस्ट फोरम, बिहारको अध्यक्ष, अम्रपाली कला साहित्य सम्मेलन को राष्ट्रिय अध्यक्ष एवं वरिष्ठ पत्रकार शशी भूषण कुमार लाई भारत-मरिशस मैत्री संघको पुनर्गठन मा सचिव जस्तो गरिमामय पद को जिम्मेवारी दिइएको छ ।

यस संघको स्थापना सन् २००५ मा भारतमा अवस्थित मरीसश को राजदूत मुखेश्वर चुनी को उपस्थिति मा भएको थियो । स्मरणीय छ, कि गत ०८ जनवरी को मरीसश सरकार द्वारा गठित भोजपुरी स्पिकिंग यूनियन को अध्यक्ष एवं अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुधु, डा. अनिल सुलभ, वैशाली का शशि भूषण कुमार एवं अन्य गणमान्य सदस्यहरु को उपस्थिति मा मैत्री संघको आम सभा को बैठकमा चाडै नै कार्यसमिति गठनको घोषणा गरिएको थियो ।

त्यस्तै अध्यक्ष ले ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेका छन् । यस नयाँ समिति मा वैशाली जिल्लाको मानवाधिकार टुडे का सम्पादक शशि भूषण कुमार लाई सचिव जस्तो अति महत्वपूर्ण पद दिइएको मा उनि गौरवान्वित भएका छन् ।

यस गरिमामय पद को लागि उनलाई बिहार का कतिपय जिल्लाको अलावा साउथ एशिया को देश नेपाल, सार्क जर्नलिस्ट फोरम को अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, बांग्लादेश देश बाट हैलो ढाका का सम्पादक अब्दुल रहमान, दिल्ली बाट वरिष्ठ पत्रकार डॉ अनिरुद्ध सुधांशु, जम्मू कश्मीर बाट चर्चित पत्रकार सुमित कुमार ले पनि खुशी व्यक्त गर्दै वधाई तथा शुभकामना पनि दिएका छन् ।