दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०७ असोज । बीरगंज महानगरपालिका वडा नं. २२, मनियारी टोलमा शुक्रबार मध्यान्ह करिब १२:०० बजेको समयमा बेवारिसे अवस्थामा रहेको भारी मात्रामा प्रतिबन्धित लागु औषध बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा का अनुसार उल्लेखित स्थान बस्ने देवेन्द्र यादवको खाली खेतमा २ वटा पहेलो रंगको बोराभित्र संकास्पद चिजबस्तु रहेको भन्ने समेत व्यहोराको सूचना स्थानीय मानिसहरूले दिए पश्चात् वडा प्रहरी कार्यालय, श्रीपुर बाट प्रहरी निरीक्षक धर्मजंग थिङको कमाण्डमा खटि गएको टोलिले उक्त बोरा खोली हेर्दा सो बोराभित्र प्रतिबन्धित लागु औषध Diazapam Injection २ हजार ३ सय ३५ एम्पुल, Noorfin Injection ३ हजार १ सय ६९ एम्पुल र Phenergan Injection ३ हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला परेको हुँदा उल्लेखित परीमाणको लागु औषध वेवारिसे अवस्थामा बरामद गरी यस कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको छ ।