भोजपुरको वैकुण्ठेमा विद्युत् विस्तार

भोजपुर, ९ असार : विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो ।

अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताउनुभयो । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्नसक्ने वातावरण बनाइएको उहाँको भनाइ छ ।

“विद्युत् विस्तारसँगै स्थानीय उद्यमशीलतामा जोडिएका छन्”, राईले भन्नुभयो, “हामीले विद्युत्को अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ ।” विद्युत् विस्तारको काम सम्पन्न भएसँगै स्थानीयलाई विद्युत्का माध्यमबाट उद्यमशीलतासँग जोड्ने काम थालिएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानीपिसानीको समस्यालाई समाधान गर्दै उनीहरुलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोलस्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

“भौगोलिकरुपमा विकट भए पनि यहाँका सम्पूर्ण स्थानमा विद्युत् विस्तार गर्न सफल भएका छौँ”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “अहिले विद्युत्को उपयोग गर्दै स्थानीयवासी उद्यममा जोडिएका छन् । स्थानीयलाई स्वरोजगारका अवसर सिर्जना गर्न आवश्यक साथ र सहयोग गर्दै आएका छौँ ।” उहाँका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ ।

मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर सहरका भान्सामा पु¥याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । उत्पादित सामग्री बाहिर पठाउन वैकुण्ठेबाट गएर काठमाडौँ तथा अन्य सहरमा बसेकासँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

“उद्यमशीलतमा जोड्दै यहाँका रैथाने बालीको संरक्षणसँगै उत्पादनलाई प्रशोधन गरिरहेका छौँ । प्रशोधित सामग्री विभिन्न जिल्लामा पठाउन थालेका छौँ । यसले युवामा उत्साह थप्नुका साथै स्थानीयको आर्थिकस्तर सबल बन्दै गएको छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो । विद्युत् विस्तार भएपछि स्थानीयमा सूचनाको पहुँचमा पनि विस्तार भएको उहाँको भनाइ छ ।

विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरयासी कामकाजमा पनि सहजता भएको वडासदस्य सावित्रा राईले बताउनुभयो । “प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिँदोरहेछ”, उहाँले भन्नुभयो, “कुटानीपिसानीका लागि घण्टौँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यात्मक अवस्था हटेको छ । महिला पनि विभिन्न स्वरोजगारमूलक काममा व्यस्त हुन थालेका छन् ।”

  • Related Posts

    कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र

    सुर्खेत । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहु वर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरूको…

    सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

    बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्रका…

    पहिलो

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 34 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

    • January 20, 2025
    • 7 views
    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड