‘भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित’

काठमाडौँ, २० असार : सहरी विकासमन्त्री धनबहादुर बुढाले भौगोलिक विकटताको आधारमा बजेट विनियोजन हुनु न्यायोचित रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बुढाले दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेट विनियोज हुनु आवश्यक रहेको बताउनुभयो । “स्रोतको न्यायोचित वितरण केबल जनसङ्ख्याको आधारमा मात्रै गर्ने परम्पराबाट माथि उठेर भूगोल र भौगोलिक विकटतालाईसमेत मध्यनजर गरी दुर्गम क्षेत्रलाई अझ बढी प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरिनुपर्दछ,” उहाँले भन्नुभयो । करिब ४३ हजार जनसङ्ख्या भएको डोल्पामा सहरी विकास मन्त्रालयको कूल बजेटको करिब १.८३ प्रतिशत मात्रै विनियोजन हुनु स्वभाविक, न्यायोचित र जरुरी रहेको उहाँको भनाइ थियो ।

मन्त्री बुढाले बर्सेनि हजारौँ पर्यटक भित्र्याउन सफल डोल्पाका बासिन्दाले नून र चामलको समेत अभाव झेल्दैआएका उल्लेख गर्नुभयो । “डोल्पाको भौगोलिक अवस्था र त्यहाँको आवश्यकता अनुसार विनियोजित बजेट अझै प्रर्याप्त छैन,” उहाँले भन्नुभयो । सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको मर्म र भावनाअनुरुप डोल्पाली जनताका माग केही हदसम्म वर्तमान सरकारले सम्बोधन गरेको उहाँको भनाइ थियो ।

“विकट डोल्पामा पर्याप्त मात्रामा बजेट विनियोजन गरेर द्रुतगतिमा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । विगतमा पहुँचका भरमा केही निश्चित क्षेत्र र भूगोलका लागि मात्रै बजेट छुट्टयाउने गरेकामा सहरी विकास मन्त्रालयले यस वर्ष बिना स्वार्थ निष्पक्षरुपमा बजेट न्यून पाएका जिल्ला तथा क्षेत्रमा न्यायोचित ढङ्गले आवश्यकता र औचित्यतताका आधारमा मात्रै बजेट विनियोजन गरेको मन्त्री बुढाले बताउनुभयो ।

  • Related Posts

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु