भौतिक मन्त्रीको जिकिर : विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्को समयमा राजमार्गमा दुःख कष्टका साथ यात्रा गरेका यात्रुले सरकारको काम देखेर प्रशंसा गरेको दाबी गरेका छन् ।

आफ्नो सय दिने कार्यकालमा भएका कामको सूची सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘स्वभाविक रूपमा जनताले दुःख पाउने भई हाले, जो यात्रुहरू यात्रामा हुनुहुन्थ्यो, उहाँहरूबाट यो बीचमा सरकारले नसोचेको काम गर्‍यो भन्ने प्रतिक्रिया मैले पनि पाएको छु,’ उनले भने ।

यात्रा कष्टकर भए पनि यात्रुले विभिन्न स्थानमा सरकारले यति छिटै बाटो खोलेर सहज बनाएको भन्दै धन्यवाद दिएको उनको दाबी छ । कतिपय स्थानमा आलोचना भए पनि त्यसलाई ग्रहण गर्दै काम गरिरहेको उनले बताए ।

वर्षा र बाढीको प्रकोप नभएको भए भौतिक मन्त्रालयले धेरै काम गर्न सक्ने भन्दै उनले जनअपेक्षाको दाँजोमा मन्त्रालयले कम प्रगति गरेको भने स्वीकार गरेका छन् ।

  • Related Posts

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    मुनामदन सिलवालकाठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ मैजुबहालमा अवस्थित कुमारी मन्दिर अवस्थित छ । प्रत्येक वर्षझै यस पर्व पनि स्थानीयबासीहरुको सक्रियतामा पूजाअर्चना भव्यताका साथ सम्पन्न भएको छ । यसैसात…

    पहिलो

    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    • February 16, 2025
    • 68 views
    आन्तरिक राजश्व कार्यालय, वीरगन्जको पोखरीया बजार मा अनुगमन, अधिकांश पसलहरु बन्द-

    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित एक जना भारतिय पक्राउ-

    • February 16, 2025
    • 48 views
    बीरगंज मा स्रोत नखुलेको दश लाख नगद सहित  एक जना भारतिय पक्राउ-

    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    • February 15, 2025
    • 49 views
    प्याव्सन द्वारा आयोजित अन्तर विद्यालय प्रथम महिला क्रिकेट प्रतियोगिता शुरु-

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 53 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 17 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 39 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-