मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध

बागम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा मकवानपुरका ४४ हजार नौ सय ६१ जना आबद्ध भएका छन् । गत २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्म मकवानपुरको ८६ हजार दुई सय ७९ घरमध्ये ४४ हजार नौ सय ६१ बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड हेटौँडा मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी मकवानपुरको मनहरी गाउँपालिकामा ८० प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बागमती गाउँपालिकामा १२ प्रतिशत घरले मात्र स्वास्थ्य बिमा गराएका छन् ।

मनहरी गाउँपालिकामा सात हजार एक सय ३१, हेटौँडा उपमहानगरपालिकामा २४ हजार आठ सय ३४, मकवानपुरगढी गाउँपालिकामा दुई हजार तीन सय ६६, थाहा नगरपालिकामा तीन हजार एक सय २५, भीमफेदी गाउँपालिकामा एक हजार छ सय ४२, कैलाश गाउँपालिकामा एक हजार चार सय ४९, बकैया गाउँपालिकामा दुई हजार ५६, इन्द्रसरोवर गाउँपालिकामा सात सय १५, राक्सिराङ गाउँपालिकामा नौ सय ५३ र बागमती गाउँपालिकामा छ सय ८३ को स्वास्थ्य बिमा भएको प्रमुख खड्काले बताए ।

कार्यालयमा बिमा दर्ताका लागि थप आवेदनहरू आइसकेको र ती सबै आवेदन दर्ताको तयारी भइरहेको प्रमुख खड्काले बताए । मकवानपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बिमा बोर्डले जिल्लाको सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ताको कार्य गर्दै आएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूलाई जिल्लाको आठ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिने गरेका छन् । प्रमुख खड्काका अनुसार स्वास्थ्य बिमामा जोडिएकाहरूलाई मकवानपुरको हेटौँडा अस्पताल, मनहरी आधारभूत अस्पताल, हेटौँडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताल, राक्सिराङ आधारभूत र सिएम सि चुरेहिल अस्पताल प्राली हेटौँडाले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

प्रत्येक वडामा एक/एक जना सहजकर्ता परिचालन गरी बिमाको महत्त्व, यसको प्रक्रिया र बिमा कार्यक्रमबाट प्राप्त हुने सुविधाहरूका बारेमा प्रचारप्रसार गर्नुका साथै बिमा गराउनेहरूको नाम दर्ताको कार्य भइरहेको प्रमुख खड्काले बताए ।

सहजकर्तामार्फत दर्ता भएको बीमितहरुको नामलाई प्रत्येक तीन/तीन महिनामा कम्प्युटरमा दर्ता गर्ने गरिएको र अहिले नाम दर्ता हुने बीमितहरुले बिमा सेवा पाउने गरेको उनको भनाइ छ ।

पाँच जनाको परिवारले वार्षिक रूपमा प्रतिपरिवारले रु तीन हजार पाँच सयको प्रिमियम तिरे स्वास्थ्य उपचारबापत वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बिमा पाइने व्यवस्था छ ।

पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यले वार्षिक रु सात सयका दरले थप प्रिमियम तिर्नुपर्ने र सुविधा थैलीमा रु २० हजार थपिने जनाएको छ ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 53 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 51 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 62 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-