मकै बेचेर जीवन निर्वाह

सुनसरी । इटहरी उपमहानगरपालिका-६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरूको मजदुरी गर्नु भन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछन् ।

दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडक पेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त हुन्छिन् । उनले पोलेको सानो मकै घोगा रु. २० र ठूलो मकै रु. ४० सम्ममा बिक्री गर्दै आएकी छन् ।

उनले भनिन् “विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरूको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।” दिनमा मकै बेचेर रु. एक हजार पाँच सयदेखि रु. दुई हजारसम्म कमाई हुने गरेको राजवंशीले बताइन् । “महिनामा रु. ३० हजारदेखि रु. ४० हजारसम्म कमाई हुन्छ”, उनले भनिन् ।

इटहरी-२ की पार्वती चौधरी तीन वर्षदेखि मकै पोलेर बिक्री गर्दै आएकी छन् । उनले भनिन् “बेमौसममा भने काँचो मकै खरिद गर्न अलिक समस्या पर्छ, बारीमै ठेक्का हान्न सकियो भने धेरै नाफा हुन्छ । तर म ठेक्का हाल्दिनँ, घोगाकै हिसाबले खरिद गरेर बिक्री गर्ने गरेकी छु ।”

मकै प्रतिघोगा रु. १० देखि रु. १५ मा खरिद गरेर रु. २० देखि रु. ३५ सम्ममा बिक्री गर्ने गरेको चौधरीले बताइन् । फुर्सदको समयमा उनले बिहान जंगल गएर दाउरा संकलन गरेर ल्याई बिक्री गर्ने गरेको बताइन् । उनले भनिन् “बिहान दाउरा खोज्न जान्छु, जंगलबाट दाउरा खोजेर ल्याएर बिक्री गर्छु । बिहानभर दाउरा खोज्छु, दिउँसोदेखि साँझसम्म मकै पोलेर बेच्ने गर्छु । महिनामा रु. ३० हजारदेखि रु. ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घर खर्च चलाउने गरेकी छु ।”

इटहरी-६ की संगीता मण्डलले पनि दिदीले मकै बेच्ने गरेको देखेर आफूले पनि बेच्न सुरु गरेको बताइन् । उनले दिनभर इटहरीका मुख्य बजार छेउको गल्लीमा मकै पोलेर राम्रै आम्दानी गरिरहेकी छन् । मण्डलले भनिन् “अरु व्यापार गर्नुभन्दा यही राम्रो र सहज छ ।” महिनामा रु. २० हजारसम्म पोलेको मकै बेचेर आम्दानी गर्ने गरेको उनले बताइन् । इटहरी बजारको विभिन्न ठाउँ र गल्लीमा बसेर मकै पोलेर जीविका निर्वाह गर्नेहरू धेरै भेटिन्छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । उनीहरूको घर व्यवहार मकै बेचेको आम्दानीले चल्ने गरेको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-