मचाडोले भेनेजुएलाका जनता र ट्रम्पलाई समर्पित गरिन् नोबेल पुरस्कार

काठमाडौँ । २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ । नोबेल शान्ति पुरस्कार पाएपछि मचाडोले पुरस्कार भेनेजुएलाका जनता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पित गरेकी छन् ।

उनले भनेकी छन्- ‘सबै भेनेजुएलालीहरूको संघर्षको यो मान्यताले हामीलाई स्वतन्त्रता प्राप्त गर्ने हाम्रो कार्य पूरा गर्न प्रोत्साहित गर्नेछ । आज, पहिलेभन्दा बढी, हामी विजयको संघारमा छौं । हामी राष्ट्रपति ट्रम्प, अमेरिकाका जनता, ल्याटिन अमेरिकाका जनता र विश्वका प्रजातान्त्रिक देशहरूलाई स्वतन्त्रता र लोकतन्त्र प्राप्तिमा हाम्रा प्रमुख सहयोगीहरूको रूपमा भरोसा गर्छौं ।’

मचाडोले अगाडी भनेकी छन्- ‘म यो पुरस्कार भेनेजुएलाका उत्पीडित जनता र हाम्रो उद्देश्यको निर्णायक समर्थनको लागि राष्ट्रपति ट्रम्पलाई समर्पित गर्छु ।’ मचाडोको यो पोस्ट ह्वाइट हाउसले पनि पुन: पोस्ट गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल पुरस्कार पाएपछि मचाडोले आफुलाई फोन गरेको र यो पुरस्कार जित आफु बढी योग्य  भएको बताएको उल्लेख गर्दै पुरस्कार आफुलाई समर्पित गरेको बताएका छन् ।  ट्रम्पले मजाक गर्दै आफुले पुरस्कार मलाई देउ भनेर नभनेको बताए । ट्रम्पले आफुले लाखौको ज्यान बचाएकोमा आफु खुशी रहेको बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    काठमाडौँ । थाइल्याण्ड सेनाले कम्बोडियालाई विवादित सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । थाइल्याण्डले यी बारुदी सुरुङबाट आफ्ना धेरै सैनिकहरू गम्भीर घाइते भएको दाबि गरेको छ ।…

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको अदालत बाहिर भएको विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मिडियालाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक