मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट राजीनामा दिएका छन् ।
सिंहले सोमबार प्रदेश सभाका सभामुखलाई आफ्नो राजीनामा बुझाएका हुन् । सिंह जनमत पार्टीबाट सप्तरी ‘क’ बाट निर्वाचित भएका थिए । सिंहले प्रदेश सभाबाट राजीनामा दिएसँगै जनमत पार्टीको सधारण सदस्यसमेत नरहने गरि राजीनामा दिएको बताएका छन् ।
सिंहले प्रतिनिधि सभामा स्वाभिमान पार्टीबाट मनोनयन दर्ता गर्ने बताएका छन् ।









