मधेशमा कुलमान घिसिङको चुनावी यात्रा शुरु

 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट सिराहा र धनुषा जोड्ने कमला पुल हुँदै चुनावी अभियानमा निक्लिएका छन् ।

घिसिङले नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गरिएको स्थलबाट कमला नदी पार गरी सिराहातर्फ लागेका हुन् । पार्टीका नेता, कार्यकर्ता र स्थानीयले उनलाई कमला पुलमा स्वागत गरेका थिए ।  तराई–मधेशको जीवनरेखा मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएसँगै वर्षौँदेखिको नागरिक समस्या अन्त्यतर्फ उन्मुख भएको छ । 

१४ वर्षसम्म पुल नबन्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए भने सवारीसाधनले लामो वैकल्पिक रुट प्रयोग गर्दै आएका थिए । भौतिक मन्त्री रहेका बेला गत मंसिर ५ गते घिसिङले कमला पुलको स्थलगत निरीक्षण गरेका थिए । 

पुल नबन्दा सिर्जना भएको पीडा र जोखिम प्रत्यक्ष देखेपछि उनले समस्या समाधानका लागि नदी क्षेत्रमा ह्युम पाइप राखी अस्थायी आवत–जावतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिई अस्थायी डाइभर्सन निर्माणको प्रक्रिया अगाडि बढाएका थिए । घिसिङले अस्थायी व्यवस्था भएपनि कमला नदी पार गर्न सकिँदा खुसी व्यक्त गरेका छन् । 

साथै, निर्माणाधीन १४ वर्षदेखि अलपत्र रहेको ४६९ मिटर लम्बाइको कमला पुलको भइरहेको बाँकी कामको पनि अवलोकन गरेका थिए । भ्रमणको क्रममा उनले धनुषा, सिराहा र सप्तरी जिल्लाका पार्टी उम्मेदवार, कार्यकर्ता र मतदातासँग भेटघाटको कार्यक्रम रहेको छ ।

  • Related Posts

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ